पाकिस्तानमा रेल दुर्घटना १९ काे मृत्यु, एक हजार २५६ घाइते

एजेन्सी : पाकिस्तानमा रेल दुर्घटनामा हुँदा १९ जनाको ज्यान गएको छ भने हज्जाराै जना घाइते भएका छन् । दिनयतादेखिकाे भारी वर्षाका कारण सडकमा क्षति पुगेको र रेलका लिगहरु पनि बिग्रिएकाले रेल दुर्घटनामा परेर २४ जनाको ज्यान गएको बताइएको छ ।

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन् ।

बाढी र पहिरोका कारण बाटो, विजुलीलगायतका भौतिक पूर्वाधारमा पनि क्षति पुगेको बताइएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । उक्त बाढी र पहिरोबाट १२ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।