श्रृजनशील लघुवित्तको आईपीओमा १३ लाख बढीको आवेदन

काठमाडौं : श्रृजनशील लघुवित्तले बुधबारदेखि निष्काशन गरेको शेयरमा १३ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा १३ लाख ४ हजार २०५ जना आवेदनबाट १ करोड ४४ लाख ८० हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९० कित्ता शेयर छुट्टाएको छ ।

जसमध्ये ०.५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

आवेदन भदौ १९ गते बैकिङ्ग समयसम्ममा मात्रै दिन सकिनेछ ।