छ हजार ग्राहकको विद्युत लाइन काटियो

मकवानपुर : नेपाल विद्युत् प्राधिकरणले हेटौँडाका छ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ ।

लामो समयदेखि पटकपटक ताकेता गर्दासमेत महशुल नतिरेपछि ग्राहककाे लाइन काटिएकाे बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले जनाएकाे छ ।

कार्यालयका अनुसार यसरी कारवाही गरेपछि रु १७ करोड ५१ लाख २८ हजार जरिवानासहित विद्युत् महसुल उठेको छ । ती मध्ये सोही अवधिमा ५ हजार ७ सय ७६ ग्राहकको लाइन जोडिएको बताइएको छ ।

लाइन काटिएकाबाट कूल उठ्नुपर्ने रकम १९ करोड, ९५ लाख ७७ हजार दुई सय आठ रहेको छ ।

उक्त कारवाही सो प्रदेश कार्यालय अन्तर्गतको हेटौँडा वितरण केन्द्र, टाडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र, चनौली वितरण केन्द्र, सिन्धुली वितरण केन्द्र तथा पालुङ वितरण केन्द्रले विद्युत् सेवा लिएर महसुल नबुझाएपछि कारवाही गरेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *