आजदेखि चार नयाँ नाटक मञ्चन हुँदै

काठमाडौं : विभिन्न नाटकघरहरुमा शुक्रबारदेखि चार नयाँ नेपाली नाटकको मञ्चन सुरु भएका छन् ।

मण्डला नाटकघरमा ‘२४ मा १२’, गन्धर्व थिएटर गैरापाटन पोखरामा ‘हिउँको पृथ्वी’, काठमाडौंको पुरानो घर नाटकघरमा ‘एन इन्सपेक्टर कल्स’, रातोपुलस्थित ओजस थिएटरमा ‘असुर’को मञ्चन सुरु भएको छ ।

कौशी थिएटरमा नयाँ नाटक ‘घुमघामको घुमघाम’ मञ्चन सुरु भएको छ । मंगलबारबाहेक हरेक दिन टेकुस्थित यो थिएटरमा नाटक मञ्चन हुने जनाइएको छ ।