निर्देशक रोज राणा प्रदेश सभा सदस्यको लागि प्युठानबाट सिफारिस

काठमाडौंः नेपाली चलचित्र निर्देशक रोज राणाको नाम प्रदेश सभा सदस्यको लागि सिफारिस भएको छ ।

यही मंसीर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्यूठान प्रदेश(ख)का नेपाली कांग्रेस क्षेत्रीय सभापति समेत रहेका राणाको नाम सिफारिस भएको हो ।

नेपाली चलचित्र दादागिरी, डन, टक्कर दुई मुटुको, म छु नि तिम्रो लगायतका फिल्म निर्माण तथा निर्देशन गरेका राणा लामो समयदेखि राजनीतिमा पनि सक्रिय रहँदै आएका छन् ।

क्षेत्रीय समितिले प्राथमिकताका साथ उनको नाम जिल्लामा सिफारिस गरेको छ तर उनलाई उम्मेदवार बनाउने या नबनाउने कांग्रेस प्यूठान जिल्ला कमिटीले नै गर्नेछ ।

चुनावमा उनी लगायत अभिनेत्री रेखा थापा मोरङबाट, निर्देशक मनोज पण्डित स्वतन्त्र उम्मेदवारीबाट तथा अन्य कलाकारहरु पनि उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *