भारतीय सेनाध्यक्ष द्वारा सम्मान निरीक्षण

काठमाडौं : भारतीय सेनाअध्यक्ष मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान निरीक्षण गर्नुभएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान अर्पण गरिएको हो ।

उक्त्त अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपण समेत गर्नुभयो । यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुनेछ ।

सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार नेपाल आउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *