चीनमा भूकम्पका कारण ६५ को मृत्यु, ७० घाइते

एजेन्सी : चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा गएकाे भुकम्पमा परी ६५ जनाको मृत्यु भएको छ भने एक सय ७० जना घाइते भएका छन् । भुकम्प ६.८ म्याग्निच्युडको गएकाे थियाे ।

स्थानीय अधिकारीहरूका अनुसार गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ भने गाञ्जीमा १२ जना हराइरहनुका साथै ५६ जना गम्भीर घाइते भएका छन् ।

सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प आएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

भूकम्पको धक्का सिचुवान प्रान्तको राजधानी छन्दुमा समेत महसुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *