काबुलस्थित रुसी दूतावासमा बम विष्फोट, तीन को मृत्यु
एजेन्सीः अफगानिस्तानको काबुलस्थित रूसी दूतावासबाहिर आत्मघाती बम विस्फोट भएको छ ।
सरकारी समाचार संस्थाका अनुुुुसार उक्त विस्फोटमा दूतावासका दुईजना कर्मचारी सहीत तीनजनाको मृत्यु भएको छ । विस्फोटबाट १० जना घाइते भएका छन् ।
विष्फोटको कारण भने अझै खुल्न सकेको छैन ।
आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि उम्मेदवारको नाम लिन दूतावासबाहिर पर्खिरहेका मानिसहरू विस्फोट भएको थियो ।
काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले विस्फोटमा एक आत्मघाती आक्रमणकारीको संलग्नता रहेको बताए पनि विस्फोटको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।
