दुर्घटनामा अङ्गभङ्ग भएकालाई मासिक १५ सय भत्ता

काठमाडौं : अरनिको यातायात प्रालिले बसमा यात्रा गर्दा दुर्घटना परेर अङ्गभङ्ग भएर घाइते भएकालाई आजीवन एक हजार पाँच सय भत्ता दिने भएको छ ।

नवनिर्वाचित समितिको पहिलो बैठकले व्यवसायी भलाइ कोषमा क्रियाशील सदस्यको मृत्यु हुँदा रु पाँच लाख क्षतिपूर्ति दिनेमा हाल बढाएर रु १० लाख बनाएको समितिका सचिव तथा प्रवक्ता प्रभुराम थापाले बताउनुभयो ।

समितिले दसैँ, तिहार लक्षित गरेर यही भदौ २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

काठमाडौं पूर्वका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछापलगायतका जिल्लाका दुरदराजसम्म अरनिको यातायात प्रालिले सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *