बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
काठमाडौं : बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज ९६ वर्षको उमेरमा निधन भएको छ ।
लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुन् । उनले ७० वर्षसम्म शासन गरेकी थिइन् ।
उनकाे स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियाे ।
बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको हाे ।
महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
