पपुवा न्यु गिनीमा भूकम्पका कारण सुनामी आउन सक्ने आशंका

एजेन्सीः पपुवा न्यु गिनीमा आइतबार शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार ७.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
उक्त शक्तिशाली भूकम्पपछि सामुन्द्रीक आन्धी (सुनामी)को चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ ।

सुनामीका छालहरु भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्रसम्म आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ ।

भूकम्पले ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ । भूकम्पका कारण भएका क्षतिबारे कुनै विवरण भने आएको छैन ।