यें या पुन्ही अर्थात इन्द्रजात्राकाे आज सातौं दिन

काठमाडाैं : यें या पुन्ही अर्थात इन्द्रजात्राकाे आज सातौं दिन हाे । आज आश्विन तृतीयाको दिन पनि भएकाेले कुमारीको रथयात्रा हुँदैन ।

पुलुकिसि, लाखे, सवःभक्कुु, महाकाली नाच भने टोल टोलमा नचाइरहेको हुन्छ ।

यो दिनलाई ‘गतिला’ भनी बसुन्धरादेवीको ब्रत बस्ने तथा पूजाआजा गर्ने परम्परा रहेको छ ।

यो ब्रत बसे घरमा धनधान्यको कमी हुँदैन भने विश्वास गरिन्छ ।

इन्द्रजात्रा सम्बन्धी किंवदन्ती अनुसार स्वर्गमा इन्दकी आमाले आयोजना गर्न लागेको ब्रत यही बसुन्धरा ब्रत हो ।

यही ब्रतका लागि पारिजातको फूल टिप्न आउँदा काठमाडौंमा इन्द्र पक्राउ परेको जनश्रुति पाइन्छ ।