इमाडोलमा मनाइयाे जितिया पर्व

ललितपुर : मिथिला संस्कृतिअनुसार ललितपुरकाे इमाडोलमा जितिया पर्व मनाइएको छ ।

नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रममा समूहका अध्यक्ष अनिका झाले जितिया पर्वको ऐतिहासिक पक्षमाथि चर्चा गर्नुभएको थियो ।

उहाँका अनुसार जितिया पर्वलाई जिमूतवाहन, जितिया र जिवित्पुत्रका नामले पनि चिनिन्छ । विशेष गरी महिलाले सन्तानको दीघार्यु, परिवारको सुख, शान्ति, रक्षाका साथै वंश वृद्घिका लागि व्रत बस्ने गर्छन् ।

व्रत बस्दा महिलाले लोकगीत गाउँदै समूहमा बसी कथा सुन्ने गर्छन् ।

उपत्यकामा विशेष गरेर थारू र तराईका महिला काठमाडौँको पशुपति क्षेत्र र विभिन्न मन्दिरमा गई पूजा गर्छन् ।

खोला–नालामा समूहमा गई धुमधामसँग जितिया पर्व मनाउँछन् ।