काठमाडौंको कपनमा आगलागी, तीनजनाकाे मृत्युु

काठमाडाैं, ५ असाेज । काठमाडौंकाे कपन राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ ।

ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी हुदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जनाएकाे छ।

आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिएको प्रहरीले बताएको छ।

त्यस्तै घटनास्थलमा अरू पनि मृतक हुन सक्ने प्रहरीकाे अनुमान छ। घटनास्थलमा प्रहरीले खोजी कार्य जारी राखेको छ।