चाइल्ड नेपालको वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं, १० असाेज । चाईल्ड नेपालकाे वार्षिक साधारणसभा तथा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

बालअधिकारका क्षेत्रमा कार्यरत संस्था चाईल्ड नेपालले आफ्नो १८ औं वार्षिक साधारणसभा तथा लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले शिक्षामा लगानीका साथै बालबालिकाहरुका लागि शिक्षा र स्वाथ्यका कार्यक्रममा निःशुल्क हुनुपर्नेमा जोड दिनुभएका छन् ।

कार्यक्रममा अधिकारीले चाइल्ड नेपाल सँग बाल अधिकार प्रणाली सुदृढिकरणका लागि पालिकाले समन्वय र सहकार्य गरी अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा उप प्रमुख अनिता लामाले गरिब श्रमिक परिवारका बालबालिकाहरुका लागि बाल विकास र शिक्षाको तथ्याङक अध्यावधिक गरिनुपर्ने तात्कालिन आवश्यकता रहेको बताएका छन् ।

उक्त कार्यक्रमका अध्यक्ष डा. कृष्ण सुवेदीले बालबालिका सम्बन्धी ऐन २०७५ ले बालअधिकार संरक्षणका लागि गरिनुपर्ने महत्वपूर्ण पाँच कार्यहरु “ स्थानीय बालअधिकार समितिको गठन, कार्यविधि, बालकोष, बालकल्याण अधिकारी र मनोपरामर्शकर्ता अनिवार्य नियुक्त गरी बालअधिकार प्रणाली तथा संयन्त्र सुदृढिकरण गरिनुपर्ने मा जोडदिनुभएकाे छ ।

कार्यक्रममा संस्थाले नागरिक समाजको तर्फबाट खबरदारी, साझेदारी, पहरेदारी निन्तर गर्नुपर्ने सबै सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रममा आ.व. २०७८/७९ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका निर्देशक माेहन दँगालले संस्थाबाट भएका राष्ट्रिय र स्थानीय तहमा भएका सकारत्मक परिवर्तनहरु, लावान्वित वर्ग, आयव्ययका साथै चुनौतीहरु र भावी योजना प्रस्तुत गरेका थिए ।