उत्तर काेरियाले परिक्षणका लागि हान्यो जापानमा ब्यालेस्टिक मिसाइल

एजेन्सी, १८ असाेज । उत्तर काेरियाले जापानको उत्तरी क्षेत्रतर्फ मध्यमस्तरको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।

उत्तर कोरियाले प्रहार गरेको मिसाइल मध्यमस्तरको ब्यालेस्टिक मिसाइल रहेको अनुमान जापानका अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मिसाइलका कारण जापानी अधिकारीले आइल्याण्ड अफ होकाइदोका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका थिए ।

यस्तै अस्थायी रुपमा सो क्षेत्रमा रेल सेवा पनि बन्द गरिएको छ । उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक जापनको आकासमाथि मिसाइल प्रहार गरेको हो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उसले मिसाइल र परमाणु परीक्षण रोकेको छैन ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले ब्यालेस्टिक मिसाइल परीक्षणको आलोचना गरेका छन् ।

उत्तर कोरियाले प्रहार गरेको मिसाइल प्यासिफक ओसनमा जापानबाट तीन हजार किलोमिटर पर खसेको सरकारी अधिकारीले बताएका छन् ।