बालबालिका बाेकेकाे डुङ्गा डुब्दा आठजनाकाे मृत्यु, तीन जना बेपत्ता
एजेन्सी, २८ असाेज । कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दा आठ बालबालिकाको मृत्यु भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।
सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार भएकाेले डुबेकोस्थानीय प्रहरी प्रमुख एम थाउले बताउनु भएको छ ।
मृतक र बेपत्ता भएका बालबालिकाहरू १२ देखि १५ वर्षका रहेकाे पनि प्रहरीले जनाएको छ । दुई वयस्क , डुङ्गा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको प्रहरीले बताएको छ ।
नदीको किनारमा बस्ने मानिसहरू यातायातको प्रमुख साधनको रुपमा डुङ्गा प्रयाेग गर्ने गरिन्छ ।
