‘लाईभ डिबेट’ को सकारात्मक अभ्यासमा ओली, सर्वसाधारणसँग कात्तिक ४ मा प्रत्यक्ष टेलिफोन सम्वाद गर्ने

काठमाडौँ, १ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष युवराज ज्ञवालीसहित आज गृह जिल्ला झापा पुग्नु भएको छ । उहाँ दुई दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने झापा जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभएको छ ।

व्यस्त दैनिकीमा आफूलाई सहज व्यवस्थापन गर्न सक्ने ओली चुनाव नजिकिदै गर्दा सामाजिक सञ्जालमा पनि थप व्यस्त बन्न थाल्नु भएको छ । झापा जानु अघि उहाँले सामाजिक सञ्जालमा धेरै साथीहरुले ‘लाईभ डिबेट’ मा आउन आग्रह गरेको भन्दै प्रत्यक्ष सम्वादका लागि आफू तयार रहेको धारणा सार्वजनिक गर्नुभएको थियो ।‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट–मा आउन आग्रह गर्नु भएको छ ,’ उहाँले लेख्नु भएको छ, ‘धेरैजसोले मेरो र नेकांका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

उक्त धारणा सार्वजनिक गरेको केही समयपछि उहाँले फेरि कात्तिक ४ गते सर्वसाधारणसँग सम्पर्कमा हुने जानकारी दिनुभएको छ । उहाँले आफ्नो फेसबुक पेजको म्यासेज बक्समा आफ्नो मोवाइल नम्बर पठाउन आग्रह गर्नुभएको छ । ३ लाख ६२ हजार फलोअर्स रहेको उक्त पेजमार्फत उहाँले यो धारणा सार्वजनिक गरेपछि धेरैको सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

नेपालको राजनीतिक इतिहासमा नयाँ बहसलाई अघि बढाउने प्रयास गर्नुभएको छ । उहाँको त्यो प्रयासलाई धेरैले सकारात्मक भनि चर्चा समेत गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *