संम्पादकहरुसँग ओली
काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल गर्नुभएको छ ।
मंसिर १० गते बिहीबार काठमाडौंको बुद्धनगरमा आयोजित छलफलमा अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय राजनीति, सरकारका गतिविधि तथा समसामयिक राष्ट्रिय मुद्दाहरूबारे सम्पादकहरूसँग विचार आदानप्रदान गर्नुभएको हो ।
छलफलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूको सहभागिता रहेको छ। छलफलमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र समसामयिक विषयमा धारणा तथा विचारहरू आदानप्रदान हुने बुझिएको छ।
