आदिवासी जनजातिका प्रश्नको जवाफ दिदैँ ओलीले भन्नुभयो– अहिले देश जोडिएको छ

काठमाडौँ, ४ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भावनाले देश नबने बताउनुभएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको ‘आदिवासी जनजातिसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा केपी ओली’ कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

२१ सहभागीको प्रश्नको जवाफ दिदैँ ओलीले संसारको अग्लो सगरमाथा र होचो भू–भाग केचना हामीसँग छ भन्दै भौगोलिक विविधतायुक्त देशको नेपाली हुनुमा गर्व महशुस गर्नुपर्ने बताउनुभयो । ‘नेपाल भाषिक, साँस्कृतिक, जटिबुटी, बनस्पती र सामाजिक विविधितायुक्त छ,’ उहाँले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकारपछि तीन वर्षमा तुहिन विस्थापन भयो । झोलुङ्गे पुल र बाटाघाटा, चार सय भन्दा बढी झोलुङ्गे पुल बने ।’

उहाँले कुनै समय कलाकारले गाउने ‘रारा घुम्न मोटर चढी कहिले जाने’ भन्ने गीत चर्चामा रहेको भन्दै अहिले रारा मोटर चढेर जान सकिने अवस्था रहेको बताउनुभयो । ‘एमालेको सरकारको पालामा पालिका र सदरमुकाम जोड्ने ३ सय ९६ वटा रणनीतिक सडकको उद्घाटन गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘३१ वटा सडकपुल एकै पटक शिल्यान्यास गरेको थिएँ । अहिले पूरा भएको छ । अहिले देश जोडिएको छ ।’

आदिवासी जनतातिको हकहित, अधिकार सुनिश्चित गर्न र आफ्नो राष्ट्रिय जीवनको मूलप्रवाहमा ल्याउनका लागि नेकपा (एमाले)ले कस्तो भूमिका खेलेको छ भनेर त्यसबारे जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको महासंघका इञ्चार्ज तथा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्तीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *