अध्यक्ष ओलीद्वारा भाइटीका ग्रहण

काठमाडाैं, १० कात्तिक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगाउनुभएको छ ।

अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गर्नुभएको हो ।

दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पंचरंगी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइँदै छ ।