कांग्रेसको ५२ पृष्ठको घोषणापत्र सार्वजनिक, साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प (घोषणापत्रको पूर्णपाठसहित)

काठमाडौं, १२ कात्तिक । आगामी मंसिर ४ को निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको कांग्रेसले आज ५२ पृष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । हिजो मात्रै गृहजिल्ला झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विमानस्थलमा जम्काभेट हुँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा संसद विघटन नगर्ने प्रतिबद्धता उल्लेख गरेको जानकारी गराउनु भएको थियो । नभन्दै आज सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसले सोही उल्लेख गरेको छ ।

यस्तो छ कांग्रेसको घोषणापत्र

घोषणापत्रको विशेषताबारे जानकारी दिँदै मस्यौदा समितिका सदस्य स्वर्णिम वाग्लेले संविधान संशोधन गरेर सबै समुदायलाई अधिकार दिने विषय घोषणापत्रमा उल्लेख रहेको बतताउनुभयो । त्यस्तै घोषणापत्रमा नेपाली कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ ।
सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने कांग्रेसको संकल्प छ ।

यस्तो छ कांग्रेसको घोषणापत्र