अवैध लागूऔषधसहित मध्यपुर ठिमीबाट एकजना पक्राउ

भक्तपुर, १४ कात्तिक । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्द रहेकाे प्रहरीले जनाएकाे छ ।

उनकाे साथबाट अवैध लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित प्रहरी प्रभाग बालकोटले आइतबार साँझ पक्राउ गरेको हाे ।

उनलाई प्रहरीले लागूऔषध सहित थप अनुसन्धान गरिरहेको छ ।