एमालेको २० हजार शब्दको घोषणापत्र सार्वजनिक, पाँच वर्ष एमाले नेतृत्वकै सरकार (पूर्णपाठसहित)

काठमाडौँ, १५ कात्तिक । नेकपा (एमाले)ले आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच डिजिटल माध्यमबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले ‘फिङ्गर स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गर्नुभयो । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले २० हजार शब्दको घोषणापत्र सार्वजनिक गर्नुभयो ।

घोषणापत्रमा आगामी पाँच वर्ष एमाले नेतृत्वको सरकार रहने भन्दै एमालेले गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरिएको छ । समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने, स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने जस्ता कुरा घोषणापत्रमा उल्लेख छ ।

https://www.facebook.com/communistpartynepal/videos/507765617914153/

त्यसैगरी आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने, ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क गराउने, वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क गर्ने जस्ता कुरा पनि उल्लेख छन् ।

‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने, सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, ‘व्यवस्थित सहर, स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने, सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्न उल्लेख छ । ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, सभ्य समाज र मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने पनि उल्लेख छ ।
यस्तो छ घोषणापत्रको पूर्णपाठ