अफगानिस्तानमा सडक दुर्घटना, दुई चिकित्सकसहित दशको मृत्यु
एजेन्सी, २० कात्तिक । अफगानिस्तानकाे लाघमान प्रान्तमा सडक दुर्घटना हुँदा दुई चिकित्सकसहित दशको मृत्यु भएकाे छ ।
खामा प्रेसलेका अनुसार लाघमान प्रान्तको दालत साह जिल्लामा सो दुर्घटना भएको थियो । शनिबार भएकाे उक्त सडक दुर्घटनामा दुई जना चिकित्सकसहित आठ जनाले ज्यान गुमाएका छन् ।
उक्त सडक दुर्घटनामा थप तीन जना घाइते भएका छन् । दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।
यहाँका सडकको दुरावास्था तथा सवारी सञ्चालनको लापरवाहीका कारण यहाँ बारम्बार सवारी दुर्घटना हुने गरेको छ ।
