महिलाको चरित्र हत्या गरेकाे अभियोगमा एकजना पक्राउ
काठमाडौं, २१ कात्तिक। सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजना पक्राउ परेकाे छ ।
सप्तरीकाे सुरूङ्गा नगरपालिका-१ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हाे ।
समित कुमारले सामाजिक सञ्जाल फेसबुकको नक्कली आइडीबाट पीडितको तस्विरमा अपरिचित महिलाको अश्लिल तस्विर जाेडेर पीडितको बारेमा अनर्गल, अश्लिल शब्दहरु लेखी पोष्ट गर्नुका साथै उक्त आइडीको मेसेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरु गरी बदनाम, बेईज्जत गरी, अनावश्यक मानसिक तनाव, दु:ख हैरानी दिई चरित्र हत्या गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीको सहयोगमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइवर व्यूरोले जनाएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनमएकाे छ ।