उदयपुुरको माटोको मायाँ छ, जितेपछि पनि यहिँका जनताको साथमा हुन्छुः ईश्वरमणि

सुमित्रा कोईराला

उदयपुर, २४ कात्तिक । नेकपा (एमाले) को तर्फबाट उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ (२) प्रदेशसभा सांसदका उम्मेदवार ईश्वरमणि राउत अहिले उदयपुर क्षेत्र नम्बर १ प्रदेश (२)को विकासलाई प्राथमिकतामा राखेर चुनावी अभियानमा हुनुहुन्छ । सो क्षेत्र भित्रको सडकको स्तरोन्नति, व्यवस्थित बसपार्क, बजार व्यवथापन, पर्यावरणमैत्री शहरको व्यवस्थापन, भूमीहिन किसानलाई जग्गाको व्यवस्था, जैविक विविधताको संरक्षण, रौतामाई लगायतका धार्मिक पर्यकिय स्थलको व्यवस्थापन, शैक्षिक समुहको निर्माण उहाँका एजेण्डा छन् ।

प्रविधि युक्त र गुणस्तरीय शिक्षाको व्यवस्थापन, महिला हिंसा र बाल हिंसा लगायत दुर्व्यसनी मुक्त समाजको निर्माण पनि उहाँका प्रतिवद्धता छन् । जिल्लामा विकासप्रेमी र समाजसेवी नेताको रुपमा छवि बनाउनु भएका राउतको राजनीति प्रवेश ०४० सालतिर हो । काठमाण्डौ विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नुभएका राउत राजनीतिमा लाग्दा करीब १४–१५ वर्षको मात्रै हुनुहुन्थ्यो ।

कक्षा ८ मा अध्ययन गर्दैगर्दाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (अनेरास्ववियु) को राजनीतिमा सक्रिय उहाँ आमा सावित्रा राउत र बावु एक बहादुर राउतको कोखबाट एकल सन्तानका रुपमा जन्मिनु भएका राउतले ०४२ सालमा रसुवा माध्यमिक भुट्टारबाट एसएलसी उतिर्ण गर्नुभएको हो थियो ।

साविक भुट्टार गाउँ विकास समितिमा हाल रौतामाई गाउँपालिका वडा नम्बर २ नौलेमा जन्मिनु भएका उहाँको ०४३ सालमा शंकरदेव क्याम्पसमा स्ववियु सचिवको उम्मेदवार बनेसँगै राजनीति यात्रा थप मजवुत बने अवसर मिलेको थियो । ०५१ सालदेखि ०५६ सालसम्म त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगढामा अध्यापन गराउनुभएका राउत ०५६ सालमा जिल्ला विकास समिति सदस्य निर्विरोध निर्वाचित हुनुभएको थियो।

०५४ सालमा राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष हुनुभएका राउतले ०५५ सालमा राष्ट्रिय युवा संघको सगरमाथा अंचल सचिवको जिम्मेबारी प्राप्त गर्नुभयो। ०६१ सालमा राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभयो। ०६६ सालमा नेकपा एमालेको जिल्ला कमिटी सचिव बन्नुभयो। ०७१ सालमा नेकपा एमालेको जिल्ला कमिटी अध्यक्ष बन्नुभएका राउत ०७८ सालमा प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेबारी बहन गरी कार्य गर्दे आउनुभएको छ । जिल्लालाई नै सर्वोपरी ठानेर राजनीति मार्फत जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान गर्ने उहाँको लक्ष्य अहिले सांसद बन्ने छ ।

‘म जनताको सेवामा मेरो सारा जिवन समर्पण गर्दछु,’ उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म मैले मेरो क्षमताले भ्यायसम्म यहिका जनताको सेवा गरेँ । जितेर गएपछि पनि यहिँका जनताको सेवामा समर्पित रहने छु ।’

जिल्लाको स्थानीय तहको पुनः संरचना निर्माणका लागि अहम भूमिका निर्वाह गर्नुभएका राउतले त्रियुगा नगरपालिका नै एउटा प्रदेश हुने गरी वातावरण् तयार गर्न प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो । उदयपुरको पहाडी क्षेत्रमा दर्जनौ विद्यालयहरु स्थापनामा मूख्य भूमिका निर्वाह गर्नुभएका राउतलाई उदयपुरको विकट पहाडी भूभागमा सडक संजाल जोड्नका लागि विशेष पहल गरेको जस जान्छ । मुर्कुची माझखर्क जाने बाटो निर्माण गरी सवारी यातयात सूचारु गर्ने कुरामा पनि उहाँको भूमिका रहेको छ ।

कोभिड महामारीले मुलुक थिलथिलो भएको बेला सवै जनताको घरघरमा पुगेर उहाँहरुको सुखदुखमा साथ दिनुभएका राउत सादा जिवनशैलीका हुनुहुन्छ। त्रियुगा नगरपालिका प्रदेश (२) अन्तर्गत पर्ने सिङ्गो नगरपालिका हो यहाँका जेष्ठ नगरिक अपांङ्गगता भएका, असक्त र पछाडि पारिएक वर्ग समुदायको उत्थान कल्याण तथा सामाजिक सुरक्षाको व्यवस्थाका लागि अहोरात्र खट्ने राउत ती वर्गको सम्बोधन भए मात्र पछाडि पारिएका वर्ग अगाडि आई देश विकासमा टेवा पुग्छ भन्ने मान्यता बोक्नु हुुनछ ।

‘म जनताको सेवामा मेरो सारा जिवन समर्पण गर्दछु,’ उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म मैले मेरो क्षमताले भ्यायसम्म यहिका जनताको सेवा गरेँ । जितेर गएपछि पनि यहिँका जनताको सेवामा समर्पित रहने छु ।’