विश्व कीर्तिमानी गीतकार उपाध्यायलाई भारतको श्री दादा साहेव फाल्के इन्टरनेशनल अवार्ड

काठमाडाैं, २८ कात्तिक । भारतको प्रतिष्ठित अवार्ड ‘श्री दादा साहेव फाल्के इन्टरनेशनल फिल्म एण्ड टेलिभिजन अवार्ड २०२२’ बाट विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय सम्मानित हुनुभएकाे छ ।

भारतको मुम्बईमा आइतबार आयोजित एक विशेष समारोहमा डा.उपाध्यायलाई उक्त अवार्ड प्रदान गरिएकाे हाे ।

भारतमा ‘दादा साहेव फाल्के’ अवार्ड भारतको केन्द्रीय सरकारले प्रदान गर्दै आएको छ, भने अर्को ‘श्री दादा साहेव फाल्के इन्टरनेशनल फिल्म तथा टेलिभिजन’ अवार्ड फिल्म फाउण्डेशन र श्रीडिएसपी फिल्म प्रोडक्सनले प्रदान गर्दै आएको छ ।