सर्वसाधारण चाहन्छन् नेताहरूले व्यक्तिगत होइन देशको लागि काम गरिदेओस्
काठमाडौं, २८ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर ४ गते हुन गइरहेको निर्वाचन आउन अब छ दिन मात्र बाँकी छ ।
चुनावमा को जित्ला ? को हार्ला ? कसले सरकार बनाउला ? प्रधानमन्त्री को बन्ला ? अहिले यसबारे पनि चर्चा चल्न थालिसकेको छ ।
चुनाव सकिसकेपछि सरकारमा पुगेका वा नपुगेका राजनीतिक दल एवं तिनका नेताहरूले कस्तो काम गरिदिए हुन्छ भन्ने अपेक्षा राजधानी काठमाडौंका जनताले राखेका छन् ?
काठमाडौंको ‘कोर एरिया’ कहलिने असन, ज्याठा, मखन टोल पुगेर मैत्री न्यूज टीमले गरेको विचार संकलनमा धेरैजसोको एउटै राय आएको पाइयो – व्यक्तिगत भन्दा पनि देश र जनताको लागि काम गरिदेओस् ।
चुनावका बेला सबै नेता सबै दलहरूले राम्रै कुरा गरेका हुन्छन् । गर्दिन केही भन्दैनन् । तर चुनावपछि गर्छु केही भन्दैनन् ।
काठमाडौंका जनताको एउटै मात्र सरोकार छ, दल र तिनका नेताहरूले यसो नभनिदेओस्, देशको लागि काम गरिदेओस् ।
उहाँहरूको अभिव्यक्ति उहाँहरूकै आवाजमा –