प्रधानमन्त्री बालेन साहको भारत भ्रमणबारे नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीको प्रतिक्रिया, भ्रमण औसत
काठमाडौँ, ८ मङ्सिर । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण बाहिरी आकर्षण (अप्टिक्स) र वाचाका हिसाबले राम्रो जस्तो देखिए पनि ठोस विषयवस्तुमा अपेक्षित स्तरकै रहेको टिप्पणी गर्नुभएको छ । सोसल मिडिया एक्समार्फत उहाँले कुनै ठूलो ‘ब्रेकथ्रु’ नभएको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री शाहको दुईदिने औपचारिक भारत भ्रमण सम्पन्न भएसँगै प्राध्यापक मुनीले भ्रमण बाहिरी प्रचारप्रसार वा ‘अप्टिक्स’ र वाचाका हिसाबले राम्रो रहे पनि ठोस विषयवस्तुमा अपेक्षित स्तरमै सीमित रहेको बताउनु भएको हो ।
भ्रमणका क्रममा दुई देशबीच सार्वजनिक गरिएको दीर्घकालीन भिजन डकुमेन्ट (समृद्ध नेपाल, समुन्नत भारत) प्रति सङ्केत गर्दै मुनीले यसलाई भारतको कूटनीतिक अस्त्र टुलकिटको संज्ञा दिनुभयो । उक्त दस्तावेजको कार्यान्वयन भने आगामी दिनमा विकसित हुने राजनीतिक परिस्थितिमा भर पर्ने उहाँको विश्लेषण छ ।
