‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’को आज दोस्रो दिन, यस्ता छन् कार्यक्रम

काठमाडौँ, ८ मंसिर । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ चलिरहेको छ । केही हप्ता अघि मात्रै ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न गरेको काठमाडौं महानगरपालिकाले .हिजोबाट ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ सुरु गरेको छ ।

स्थानीय तहमा जलवायु परिवर्तनको असर घटाउन तथा अनुकूलनको प्रयासका लागि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ हिजोबाट सुरु गरेको काठमाडौं महानगरपालिकाले आज दोस्रो दिन ‘जलवायु वित्त’ बारे विज्ञहरुसँग विचार मन्थनको कार्यक्रम राखेको छ ।

‘दोस्रो दिनको कार्यक्रममा जलवायु अनुकुलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋण पत्र, सरकारी वित्तीय स्रोत तथा निजी क्षेत्रको लगानी परिचालनका विषयमा छलफल गर्ने कार्यक्रम रहको कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *