एमाले उम्मेदवार गिरीद्वारा मतदान, निर्धक्कसँग मतदानमा सहभागी हुन आग्रह

पर्वत,४ मंसिर । नेकपा (एमाले) बाट पर्वत जिल्लाको प्रतिनिधिसभा उम्मेदवार पदम गिरीले मतदान गर्नुभएको छ। प्रतिनिधि सभाको एउटा मात्रै क्षेत्र रहेको पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङको काफलचौर मावि (ख) केन्द्रबाट मतदान गर्नुभएको हो। मतदात गरेपछि गिरीले निर्धक्कसँग मतदानमा सहभागी हुन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।