एसिया कप राइजिङ स्टार्स खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, मङ्सिर १० । कतारमा आयोजित एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार राति काठमाडौँ आइपुगेको हो। प्रतियोगितामा नेपालले तीन खेल खेलेकामा दुई खेलमा पराजय र एक खेलमा जित हासिल गरेको थियो ।

नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो भने संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराएको थियो ।

एसिया कप राइजिङ स्टार्समा सहभागी भएर फर्किएको नेपाली टोली अब आइसिसी एकदिवसीय विश्वकप क्वालिफायर प्लेअफको तयारीमा जुट्नेछ । उक्त प्रतियोगिता आगामी मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *