दार्चुलामा ३ राउण्ड हवाई फायर, आधा घण्टा रोकियाे मतदान
दार्चुला, ४ मंसिर । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन माविकाे मतदान केन्द्रमा हवाई फायर भएको छ ।
मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि विवाद भएको थियो । विवाद उत्पन्न भएपछि प्रहरीले सम्झाउने प्रयास गर्दा भीड आक्रोशित बन्दै प्रहरीमाथि ढुंगा मुढा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि हवाई फायर गरेको हो ।
विवादपछि मतदान आधा घण्टा रोकिएको थियो । सरोकारवाला निकायसँगको छलफलपछि मतदान पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले जनाएकाे छ ।
