काठमाडौं–७ मा घण्टीलाई पछि पार्दै एमालेकाे अग्रता

काठमाडौं, ५ मंसिर । नेकपा एमालेले काठमाडौं–७मा अग्रता लिएकाे छ । एमालेका श्याम घिमिरेले ३७५ मतसहित अग्रता लिएकाे हाे ।

घिमिरेलाई ३०४ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनकी मानुषी भट्टराई २९० मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपाली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।