अपडेटः १० स्थानमा एमालेको अग्रता, कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

काठमाडौँ, ५ मंसिर । मंसिर ४ मा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतपरिणाम आउने सुरु भएको छ । पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ९ सय ९२ मतसहित विजयी हुँदा नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचन ३ हजार ७८ मतसहित दोस्रो हुनुभएको छ ।
अहिलेसम्मको जारी मतगणनामा एमालेले ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको भने झापा निर्वाचन क्षेत्र नम्बर २ मा पनि एमालेले अग्रता कायम राखेको छ । काठमाडौँ क्षेत्र नम्बर ७ मा पनि एमालेले अग्रता कायम राखेको छ भने काठमाडौँ १ मा कांग्रेसले अग्रता कायम राखेको छ । त्यसैगरी काठमाडौँ क्षेत्र नम्बर ६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ भने काठमाडौँ ९ मा एमालेले अग्रता लिएको छ । कास्की २ मा पनि स्वतन्त्र पार्टीको झिनो अग्रता रहेको छ ।