सिन्धुपाल्चोक प्रदेशसभामा माओवादी केन्द्रका सरल सहयात्री पौडेल विजयी

सिन्धुपाल्चोक,८ मंसिर । सिन्धुपाल्चोक–१(२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी हुनुभएको छ ।

अन्तिम मतपरिणाम अनुसार पौडेल १७ हजार दुई सय ५६ मतसहित विजयी हुनुभएको हाे ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का होमनारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गर्नुभएको छ ।