पार्टी फुटाएर गएका झलनाथ खनाललाई माउ पार्टीकै महेश बस्नेतले हराए

इलाम, ११ मंसिर । सत्तारुढ गठबन्धनका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।

खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन भएपनि भारी मतका साथ पराजित बनेका छन् ।

खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।

खनालले इलामबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए ।

खनाल पार्टी फुटाएर गएपछि यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका हुन् ।