सूर्य किरण संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौं, ७ मंसिर  । नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी हुन भारतीय सेनाको टोली नेपाल आइपुगेको छ ।

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मंसिर ९ गतेदेखि सुरु हुने ‘सूर्य किरण’ संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेनाको टोली सोमबार नेपाल आएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाका अनुसार अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टका सैनिक अधिकारी र नेपाली सेनाको ज्वालादल गणका सैनिक अधिकारी सहभागी हुनेछन् ।

नेपाल र भारतका सेनाबीच सन् २०१० अर्थात् २०६७ सालदेखि आलोपालो गरी हरेक वर्ष ‘सूर्य किरण’ नाममा संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।

मंसिर २२ गतेसम्म सञ्चालन हुने यसपटकको अभ्यासमा प्रतिविद्रोह तथा प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी विषयमा तालिम तथा अभ्यास गरिने नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *