सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएल फाइनलमा
काठमाडौं, ३ मङ्सिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर–२ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल पुगेको हो।
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले अविजित ४९ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डेविड मलानको अविजित ७१ रनको मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो।
बलिङमा सुदूरपश्चिमका स्कट कुगलेइनले ३ तथा थरिन्दु रत्नायकेले २ विकेट लिए। अब सुदूरपश्चिमले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
