बाला चतुर्दशीका लागि पशुपतिमा तयारी र सुरक्षा व्यवस्था कडा पारिँदै

काठमाडौं, १३ मङ्सिर । आगामी मंसिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु भएको छ ।

पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन पशुपति क्षेत्र विकास कोषले सुरक्षा निकायका प्रतिनिधिसँग बैठक गरी आवश्यक तयारी अघि बढाएको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार पर्वमा आउने भक्तजनको सहज दर्शन, भीड व्यवस्थापन तथा शान्ति सुरक्षालाई प्राथमिकता दिइएको छ ।

बाला चतुर्दशीमा दिवंगत पितृको सम्झनामा मंसिर २० गते साँझ पशुपति क्षेत्रमा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट बिहान शतबीज छरेर पर्व मनाइन्छ ।

यस अवसरमा पशुपति क्षेत्रसहित देशभरका विभिन्न शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *