नेपाली कांग्रेसका महेन्द्र यादवलाई हराउँदै धनुषा–४ मा एमालेका रघुवीर महासेठ विजयी
धनुषा, १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी हुनुभएकाे छ ।
महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हाे ।
मतगणनाकाे अन्तिम मत परिणाम अनुसार उहाँले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पार्नुभएको हो ।
यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
