फिफा विश्वकप फुटबलमा आजदेखि २ खेल एकै समयमा
काठमाडाैं, १३ मंसिर । कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि २ खेल एकै समयमा हुने भएकाे छ ।
समुह चरणका यस अघिका खेलहरु फरक फरक समयमा हुने गरेको भएपनि अन्तिम चरणका खेलहरु एकै समयमा सुरु हुनेछ । समुहमा रहेका ४ वटै टोली एकै समयमा मैदान उत्रने छन् ।
आज देखि समुह चरणका अन्तिम खेलहरु नेपाली समयअनुसार ८:४५ र १२:४५ मा हुने छ । ८:४५ मा २ खेल हुने छ भने १२:४५ मा पनि २ खेल नै हुने छ । नकआउट चरणमा पुगेपछि भने एक समयमा १ खेल मात्र हुने छ ।
एकै समयमा २ खेल हुँदा प्रत्यक्ष खेल हेर्ने बानी परेका समर्थकलाई खेल हेर्न असहज भएकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यो नियम बनाएको हो । सन् १९८२ को बिश्वकपमा जर्मनीले म्याच फिक्सिङ गरेपछि बाध्यताबस फिफाले समुह चरणका अन्तिम खेल एकै समयमा गर्ने गरेको छ ।