दोलखा प्रदेश सभा क्षेत्र नं २ मा एमालेका भरतबहादुर केसी विजयी

दाेलखा, १८ मंसिर । दोलखाको प्रदेश सभा क्षेत्र २ बाट नेकपा एमालेका भरतबहादुर केसी विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई एक हजार ८ सय उन्नाइस मतले हराउँदै विजयी भएका हुन् ।

केसीले १९ हजार चार सय १४ मत ल्याएका छन् भने लामाले १७ हजार पाँच सय ९५ मत ल्याएका छन्।

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभातर्फ मतगणना भने जारी छ।