प्राधिकरणले दियाे काठमाडौं उपत्यका भित्रका अनधिकृत संरचना हटाउन निर्देशन

काठमाडौं, १९ मंसिर । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाभित्र अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन निर्देशन दिएको छ।

प्राधिकरणले उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो। संरचना हटाई सकेपछि त्यसको जानकारी गराउन पनि प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणले निर्देशन अनुसार नहटाएमा उक्त अतिक्रमित संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकरणले बताएको छ।