निर्वाचन आयोगद्वारा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्दै

काठमाडौं, २८ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा निर्वाचन आयोगले बुधबार सार्वजनिक गर्दैछ ।

निर्वाचन आयोगले दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो।

आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ। बिहीबार नै आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्नेछ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो।