कञ्चनपुरमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

कञ्चनपुर, १ पुस । कञ्चनपुरमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा आज बिहान ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जनाएकाे छ । उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले विद्यार्थीलाई ठक्कर दिएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी हुन् । घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् ।