नवनिर्वाचित सांसदहरुको शपथ आज, सँस्कृतलगाएत तेह्र भाषामा शपथ हुने
काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुकाे शपथ ग्रहण कार्यक्रम आज हुँदैछ ।
संघीय संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराउने छन् ।
ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले हिजाे बुधबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताकाे शपथ लिइसकेका छन् ।
बुधबार बेलुकीसम्म २६ जना सांसदले मातृभाषामा पद तथा गोपनियताकाे शपथ लिन निवेदन दिएका छन् ।
संघीय संसद सचिवालयले नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । उनीहरुले संस्कृतलगाएत तेह्र भाषामा शपथ लिन निवेदन दिएका हुन्।
नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय स्वतन्त्र पार्टीका ५, जनमत पार्टीका ४, जसपा, नागरिक उन्मुक्ति पार्टीका ३/३, स्वतन्त्र २ र कांग्रेस तथा नेकपा एमालेका एक/एक सांसदहरुले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।
शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
का प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्दा २६ जनाले गर्ने भनेर निवेदन दिएका छन् ।
सांसदहरुको शपथ ग्रहण अगाडि दिउँसो १२ बजे ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।