कांग्रेससंग अब सरकार बन्दैन : माधव नेपाल
काठमाडौं, १० पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेससंग अब सरकार नबन्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन छोडेर नेकपा एमालेसँग छलफल गर्न बालकोट गएपछि कांग्रेससंग सरकार नबन्ने बताएका हुन् ।
कांग्रेस नेतृत्वको गठबन्धनमा सत्ता भागबण्डामा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरु बाहिरिएपछि एकीकृत समाजवादीकाे सचिवालय बैठक बसेकाे थियाे ।
‘हामी अब के गर्ने भन्नेबारे निर्णय लिन बैठक बसिरहेका छौं’, एकीकृत समाजवादीका एक नेताले भने । बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको बताएका थिए ।