बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

बझाङ, ११ पुस । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजीसंगै हाडजोर्नी, पाठेघर खसेको, नाक, कान, घाँटी र पित्तथैलीको समस्या देखिएका बिरामीलाई विभिन्न अस्पतालमा थप उपचारका लागि सिफारिस (रिफर) गरिएको छ ।

शिविरमा भैरहवा, पोखरा र नेपालगञ्ज मेडिकल कलेका १३ विशेषज्ञ चिकित्सक र प्राविधिकले सेवा पु¥याएका थिए ।